पत्नीले आफूलाई भन्दा उसको कुकुरलाई बढी माया गरेको भन्दै अमेरिकामा एक पुरुषले कुकुरसँग सेक्स गरेका छन् । अलबामा राज्यको जेनेभाका ३९ वर्षीय जोनाथन एडवार्ड मेड्लीले कुकुरलाई धेरै वास्ता गरेको डाह गर्दै उक्त कार्य गरेका हुन् । प्रहरीले उनलाई पक्राउ गरी जनवारमाथि क्रुरता गरेको मुद्दा चलाएको छ ।
जेनेभा प्रहरीका क्याप्टेन रिकी मोर्गनका अनुसार मेड्लीले दिएको बयानमा उनी पत्नीले आफूलाई भन्दा कुकुरलाई माया गर्ने गरेकोमा क्रुद्ध थिए । त्यसैले उनले कुकुरसँग सहवास गरे ।
न्युयोर्क डेलीका अनुसार उनका पत्नीले भने आफ्नो पतिको कुनै अर्कै महिलासँग सम्बन्ध रहेको शंकामा घरमा रेकर्डिङ यन्त्र राखेकी थिइन् । त्यही यन्त्रका कारण आफ्नो पतिले कुकुरमाथि कुकृत्य गरेको थाहा पाएकी थिइन् ।
सहवासका कारण २ वर्षीय सि जुस प्रजातिको कुकुरलाई चोट पुगेको तर त्यो केही समयमा ठीक हुने भेटनरी डाक्टरले बताएका छन् ।
मेड्लीले जमानतका लागि ५ सय ३५ डलर तिर्नुपर्नेछ ।